बझाङ, १८ कार्तिक । अरिंगालको टोकाइबाट बझाङका दुई जना बालकको ज्यान गएको छ । थलारा गाउँपालिका वडा नम्बर २ डोरगाउँका ३ वर्षीय सुरबिर खाती र ५ वर्षीया सिया खातीको मृत्यु भएको हो । उनीहरू दिदीभाइ हुन् । अरिंगालको टोकाइबाट अन्य तीनजना घाइते भएको थलारा गाउँपालिकाका प्रवक्ता रविन्द्र खातीले बताए। उनका अनुसार घाइते हुनेमा मृतककी सात वर्षीया दिदी सुमी खाती,…