लमजुङ, १७ कार्तिक । लमजुङको बेंसीसहर नगरपालिका-३, गाउँसहर काउलेपानीस्थित एक घरमा हारजितको बाजी राखेर कौडा (जुवा) खेल्दै गरेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी निरीक्षक टुलबहादुर श्रेष्ठको कमान्डमा गएको प्रहरी टोलीले शुक्रबार राति साढे १ बजेतिर उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवले जुवाडेका साथबाट ११ वटा कौडा र…