काठमाडौँ, १८ भदौ । । रौतहटको बौधीमाई नगरपालिकाको स्वास्थ्य चौकीमा अक्सिजन ग्यासको अभावमा एक नवजात शिशुको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ४ स्थित इनरवारी स्वास्थ्य चौकीमा एक नवजात शिशुको आज बिहान मृत्यु भएको हो । जन्मिएको करिब २ घण्टामै नवजात शिशुको मृत्यु भएको शिशुका बुबा गौरीशंकर पटेलले बताए । उनी बौधीमाई नगरपालिकाको वडा नम्बर…