स्कुल बस दुर्घटना हुँदा एक जनाको निधन

काठमाडौँ, १४ साउन । विद्यार्थी बोकेको बस दुर्घटना हुँदा पोखरामा एक जनाको निधन भएको छ ।  आज बिहान पोखरा २१ बाट विद्यार्थी बोकेर पोखरा १७ मा रहेको एलपी देवकोटा विद्यालयतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको थियो । पोखरा २१ स्थित मट्टिखान जाने सडकको थुन्कु भन्ने ठाउँमा दुर्घटनामा हुँदा चालक, सहचालकसहित ३० जना घाइते भएका थिए ।…