काठमाडौँ, १२ साउन । आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल । मेष : दिन रमाइलो छ। नयाँ ठाउँको यात्रा हुनेछ। अवरोध हट्नेछन्। लगानी भए स्वदेशमा धेरै अवसर फेला पर्ने योग छ। यो विश्व मेरो परिवार हो भन्ने भाव बढ्नेछ। वृष : बोलीमा मोहनी रहेको छ। मुखमा सरस्वतीले बास भएकाले धेरैले तपाईंको कार्यकुशलताको प्रशंसा गर्नेछन्। निजी क्षेत्रमा…