काठमाडौँ, ७ असार । भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिप्याड व्यावसायिक रूपमा सञ्चालनमा आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने उद्देश्यले भक्तपुरको सूर्यविनायक नगरपालिका–१० नलिञ्चोकमा ३३ रोपनी क्षेत्रफलमा हेलिप्याड निर्माण गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले आज हेलिप्याडको उद्घाटन गर्दै त्रिभुवन विमानस्थलको उडान चाप व्यवस्थापनमा हेलिप्याड उपयोगी हुने…