काठमाडौँ, ५ असार । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान करिश्म सुनारको मृत्युबारे अनुसन्धान गर्न प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको वैद्यनाथ गाउँपालिका वडा नम्बर–२ घर भएका २७ वर्षीय पुष्कर थापा मगर छन् । थापा मगर पनि प्रहरी जवान हुन् । हुम्लामा कार्यरत थापामगरलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान…