काठमाडौँ, ४ असार । गुल्मीमा एक जना व्यक्ति मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार इस्मा गाउँपालिका-१ निवासी ६२ वर्षका ठगबहादुर राना मृत फेला परेको हो । घरबाट जेठ ३२ गते खेतमा जान्छु भनेर हिंडेका राना मुसिकोट नगरपालिका-२ टारीडाँडास्थित खेतमा ४ दिनपछि मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानको लागि…