सातजना जुवाडे पक्राउ

काठमाडौँ, २७ जेठ । बर्दियामा जुवातास खेलिरहेको अवस्थामा सातजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार गुलरिया नगरपालिका–२ स्थित हिना राइस मिल पछाडि सगुनका रुखहरूको बीचमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बर्दियाकै राजापुर नगरपालिका–६ का ५२ वर्षीय धुवु देवकोटा समेत सातजना छन् । शनिबार बेलुका उनीहरूलाई पक्राउ गरिएको हो । नगद…