पाँच किलो गाँजासहित एक जना पक्राउ

काठमाडौँ, १० जेठ । सर्लाहीबाट लागुऔषध पाँच किलो गाँजासहित एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार महोत्तरीको जलेश्वर नगरपालिका-९ बस्ने ६५ वर्षीय नागेन्द्र सिंहलाई पक्राउ गरेको हो । उनलाई बुधबार अपराह्न साढे ४ बजे लालबन्दी बजारस्थित बर्गर हाउस नजिकबाट नियन्त्रणमा लिइएको हो । चेकजाँच गर्दा गाँजा फेला परेपछि नागेन्द्रलाई पक्राउ गरिएको उनले बताए…