विदेश पठाइदिने भन्दै ठगी गर्ने ३ जना पक्राउ

काठमाडौँ, ९ जेठ । वैदेशिक रोजगारीमा पठाइदिने भनी ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले आकर्षक तलबको लोभनमा पारी रकम ठगी गरेको भन्दै पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा कैलाली भजनी गाउँपालिका-१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने ३६ वर्षीय विशाल हमाल, काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने ३१ वर्षीय…