काठमाडौँ, ६ जेठ । अर्घाखाँचीदेखि बुटवलतर्फ आउँदै गरेको एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार आज बिहान बुटवल–१३ झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट बुटवल-११ देवीनगरकी ५६ बर्सिया कमला नेपालीको मृत्यु भएको छ भने २ महिला घाइते भएका छन् । अर्घाखाँचीदेखि बिरामी लिएर आएको लु १ झ ५३१ नम्बरको एम्बुसलेको ठक्कर दिएको थियो ।…