काठमाडौँ, ३० वैशाख । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार अहिले काठमाडौंसहित देशभरका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा भइरहेको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनीका अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ…