देशका अधिकांश स्थानमा वायु प्रदूषण घट्यो

काठमाडौँ, २६ वैशाख । हल्का वर्षा भएपछि देशका अधिकांश स्थानमा वायु प्रदूषण घटेको छ । काठमाडौँ उपत्यकाका अधिकांश स्थानमा एयर क्वालिटी इन्डेक्स (एक्यूआई) एक सयभन्दा कम भएको छ ।   वातावरण विभागको मंगलबार बिहान ११ः३० बजेको तथ्यांकअनुसार ललितपुरको भैँसेपाटी क्षेत्रमा एक्यूआई १८१ मापन भएको छ । काठमाडौँको रत्नपार्कमा एक्यूआई १२६ र शंखपार्कमा १११ छ ।…