काठमाडौँ, ३ बैशाख । रामेछापको मन्थली नगरपालिका–७, मन्थलीघाट नजिक टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार बालुवा लिएर भटौलीबाट मन्थलीतर्फ जाँदै गरेको बा प्र ०१–००६–३८३९ नम्बरको टिपर सडकबाट करिब ५० मिटर तल तामाकोसी नदीमा खसेर दुर्घटना हुँदा गोकुलगंगा गाउँपालिका–३, रस्नालुका २३ वर्षीय पवित्र बस्नेतको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी…