काठमाडौँ, २० चैत । बसको ठक्करबाट दोलखामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार विगु गाउँपालिका–३, बुलुङकी ७४ वर्षीया नेतर्नी लामाको मृत्यु भएको हो । काठमाडौँबाट विगुको बुलुङतर्फ जाँदै गरेको बा३ख ६३७४ नम्बरको रोल्वालिङ यातायातको बसले ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको हो । विगु गाउँपालिका–४, फिस्टेढुंगाबाट घर फर्कंदै गरेकी लामालाई…