काठमाडौँ, १७ चैत । बाँके राष्ट्रिय निकुञ्जले आन्तरिक र बाह्य पर्यटकका लागि आफ्ना सबै वनपथ (सफारीका लागि बाटो) खुला राखेको छ । निकुञ्ज घुम्न आउने पर्यटकलाई दृष्टिगत गरी निकुञ्ज मुख्यालय ओभरी र कोहलपुरस्थित सेक्टर कार्यालयबाट जुनसुकै समयमा पनि टिकट काट्ने व्यवस्था मिलाइएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहका अनुसार निकुञ्ज क्षेत्रमा पर्यटकले दुर्लभ…