काठमाण्डौ,२ चैत । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ ।शुक्रबार प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक, २०८० माथि विचार गरियोस्ु भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएसँगै कांग्रेसका सांसदहरूले संसदको वेल घेराउ गरेका हुन् । कांग्रेसका सांसदहरुले गृहमन्त्री राजीनामा दे…