काठमाडौँ, १८ मंसिर । उदयपुरमा प्रतिबन्धित लागूऔषध गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टार र प्रहरी चौकी बसाहाबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार साँझ चौदण्डीगढी नगरपालिका–३ पैँतालिस चोकबाट प्र.२-०१-००३ प २९३५ नम्बरको मोटरसाइकलमा सवार सप्तरी कन्चनरुप नगरपालिका–९ बस्ने २४ वर्षीय शिवशंकर रामलाई पक्राउ गरेको हो । उनको साथबाट ५ केजी १००…