काठमाडौ २२ फागुन । नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला मनोनित भएका छन् । एमाले प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि बर्तौलाले प्रमुख सचेतकको जिम्मेवारी पाएका हुन् ।संसदीय दलका नेता केपी शर्मा ओलीले यसअघि सचेतक रहेका बर्तौलालाई प्रमुख सचेतक मनोनित गरेका हुन् । त्यसरी नै सचेतकमा भने सुनिता बराल मनोनित भएकी छन् ।