ताप्लेजुङमा श्रमदानबाटै बनाइयो पहिरोपीडित ६५ घरधुरीलाई आवास

ताप्लेजुङ, ३ कार्तिक । ताप्लेजुङमा पछिल्लो समय जनश्रमदान गर्ने चलन विकास हुँदै गएको छ। श्रमदान गर्ने चलन हराउँदै गइरहेको समयमा हाल स्थानीय तहका जनप्रतिनिधि स्वयं अग्रसर हुन थालेपछि पुनः श्रमदान गर्ने संस्कार मौलाउँदै गएको हो। स्थानीय तहका पदाधिकारी हुँदै वडा–वडाका जनप्रतिनिधि श्रमदान गर्नमा अग्रसर हुन थालेसँगै गाउँगाउँमा भौतिक पूर्वाधारसहितका निर्माण कार्य श्रमदानमार्फत गर्न थालिएको छ।…