पाँचथरमा ढुंगाले लागेर कामदारको मृत्यु

पाँचथर, २९ असोज । पाँचथरमा ढुंगाले लागेर जलविद्युत् आयोजनामा कार्यरत एक कामदारको मृत्यु भएको छ ।     जिल्लाको हिलिहाङ गाउँपालिका–१ अमरपुरमा निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत इलामको देउमाई नगरपालिका–९ का २५ वर्षीय भुपाल मगरको ढुंगाले लागेर ज्यान गएको हो । आइतबार दिउँसो ड्रिल मेसिनले ढुंगा निकाल्ने क्रममा आयोजनाको सुरुङ मार्गको स्प्रिङलाइनबाट खसेको ढुंगाले मगरलाई लागेको थियो…