काठमाडौँ, ८ असार । नेपालमा बाल अधिकार कार्यान्वयनको अवस्था मापन सम्वन्धी उपायको मस्यौदाबारे छलफलको आयोजना गरिएको छ । बालबालिका शान्ति क्षेत्र अभियानद्वारा शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा बालअधिकारको क्षेत्रमा काम गरिरहेका विभिन्न संस्थामा आवद्ध बालअधिकार कर्मीबीच नेपालले हस्ताक्षर गरेको बालअधिकार सम्वन्धी महासन्धि कार्यन्वयनको सुचकबारे तयार गरिएको मस्यौदाबारेमा छलफल गरेको हो । कार्यक्रममा काठमाडौँ स्कुल अफ ल…