काठमाडौँ, २७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अजय र लोकतन्त्र अजम्बरी रहेको बताएका छन् । आज भक्तपुरको सल्लाघारीमा पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘सम्झिरहेको छु तीन महिनाअघिका कहाली लाग्दा दिन । जतिबेला देश आततायीबाट जलाइएको थियो’, ‘संविधान र लोकतन्त्रसहितका आधार स्तम्भ राजनीतिक दलमाथि भिषण हमला गरिएको थियो…