कांग्रेसमा सैद्धान्तिक विचलन आयो : डा. शेखर कोइराला

काठमाडौँ, २८ मंसिर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो रहेको बताएका छन् । प्रजातन्त्र सेनानी संघका पदाधिकारी एवम् सदस्यसँग शनिबार काठमाडौँमा भएको छलफलमा उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्र सेनानीहरूले पुर्‍याएको योगदान उच्च रहेको र त्यसको सधैँ कदर हुने उल्लेख गरे । पार्टीभित्र वरिष्ठ नेता र युवा पुस्ताको मिलनविन्दु आफू…