प्रधानसेनापति शर्मा भारत प्रस्थान

काठमाडौँ, ७ असोज । प्रधान सेनापति प्रभुराम शर्मा आइतबार भारत प्रस्थान गरेका छन् । सोमबारदेखि  असोज १० गतेसम्म नयाँ दिल्लीमा आयोजना हुने १३ औँ इन्डो–प्यासिफिक आर्मिज चिफ (आईपीएसीसी) मा सहभागी हुन प्रधानसेनापित त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोज प्रताप राणाले बिदाई गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।…