काठमाडौँ, २९ भदौ । वर्तमान सत्तारुढ गठबन्धनभित्र आलोपालो प्रधानमन्त्री बन्ने सहमति रहेको नेताहरु बताउँछन् । सहमति अनुसार, सुरुमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने । दोस्रो चरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र तेस्रो चरणमा चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने सहमति दलहरुका बीचमा रहेको बताइन्छ ।तर, कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा…