काठमाडौँ, ५ भदौ । गृह मन्त्रालयले भारतबाट हुने अवैध कुखुराको आयात रोक्न ५ बुँदे निर्देशन दिएको छ । ३ भदौमा मन्त्रालयमा भएको सरोबारवालासँगको छलफलपछि यस्तो निर्देशन भएको मन्त्रालयले जनाएको छ । आइतबार भएको छलफलमा व्यवसायीले भारतसँगको खुला सीमा नाकाको फाइदा उठाउँदै कुखुरा तथा कुखुराजन्य पदार्थको अवैध आयातमा वृद्धि भएको गुनासो गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गरेका थिए ।…