काठमाडौँ, २५ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारका क्रियाकलाप पूर्णतः गैरकानुनी र असंवैधानिक रहेको आरोप लगाएका छन् । काठमाडौँमा आज सम्पादकहरूसँगको संवादमा ओलीले जेन–जी आन्दोलनको अनुसन्धानका लागि गठित जाँचबुझ आयोगमा बयान दिन जाने कि नजाने आफ्नो व्यक्तिगत कुरा भएको समेत टिप्पणी गरे । अहिले सरकार अन्तरिम सरकार मात्र नभई असंवैधानकि…