महाकाली सिँचाइ मूल नहरमा पानी परीक्षण गरिँदै

कञ्चनपुर, २२ असार । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली सिँचाइ आयोजनाले तेस्रो चरणको मूल नहरमा परीक्षणका लागि पानी छोड्ने तयारी गरेको छ । आयोजनाले आज ब्रह्मदेवदेखि फुलेलीसम्म २७ किलोमिटर मूल नहरमा पानी परीक्षण गर्न लागेको महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर शम्भुराज पण्डितले जानकारी दिए ।  “मूल नहरमा तीनदेखि दश क्युसेकसम्म पानी छोड्ने तयारी छ”,…