कांग्रेस जिल्ला सभापतिद्वारा कार्यशैली, व्यवहार तथा पार्टी र सरकारबीचको समन्वयमा प्रश्न

काठमाडौँ, २३ असार । कांग्रेसका जिल्ला सभापतिहरूको दुईदिने भेला १४ बुँदे आन्तरिक प्रतिबद्धता गर्दै शुक्रबार सकिएको छ । प्रतिबद्धतामा के–के छन् भन्नेबारे पार्टीले सार्वजनिक गरेको छैन तर देशभरबाट भेला भएका जिल्ला सभापतिहरू पार्टी नेतृत्वप्रति प्रश्न छोड्दै चुनौती बोकेर फर्किएका छन् । सभापतिहरूले केन्द्रीय नेतृत्वको कार्यशैली, व्यवहार तथा पार्टी र सरकारबीचको समन्वयमा प्रश्न उठाए । कांग्रेस पछिल्लो दुई वर्षदेखि (पुस…