राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

काठमाडौँ, २१ असार । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिलाई सङ्लो नपारेसम्म अरू क्षेत्रमा सुधार गर्न नसकिने बताएका छन् । आज काठमाडौँमा चन्द्रलोक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले मुलुकको राजनीति विकृत भइसकेको उल्लेख गरे । उनले फोहोर भइसकेको राजनीतिलाई सङ्लो पार्ने प्रयासमा आफूहरू रहेको बताए । राजनीति ठिक भएपछि ऐन, कानुन र संविधानमा सुधार गर्न सकिने…