काठमाडौँ, २१ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले निर्वाचनमा गठबन्धन गरेर गएकोमा सभापति शेरबहादुर देउवाप्रति व्यङ्ग्य गरेका छन् । आज कांग्रेस केन्द्रीय समिति बैठकमा बाेल्दै उनले सभापति देउवाले हँसिया धेरै बनाएकाले घाँस काट्न नसक्दा गाईभैँसी भोकै रहेको भन्दै गठबन्धन गरेकोप्रति व्यङ्ग्य प्रहार गरेका हुन् । उनले भने, ‘शेरबहादुर देउवा सभापतिजीले यति धेरै हँसिया बनाउनुभयो…