काठमाडौँ महानगरपालिकाद्वारा खानेपानीमा निगरानी : ६३ वटा जार जफत

काठमाडौँ, २० असार । काठमाडौँ महानगरपालिकाले जार मार्फत बिक्री हुने खानेपानीको निगरानी बढाएको छ । महानगर प्रहरीका अनुसार आज बिहानैदेखि अभियान नै चलाएर खानेपानीको जारमा अनुगमन गरिरहेको हो ।   बालाजु माछा पोखरी चोकमा चेक प्वइन्ट राखी महानगर प्रहरी बल र कृषि तथा पशुपन्छी विभागको संयुक्त टोली अनुगमनले गर्दा ६३ वटा पानीको जार जफत गरेको छ…