बजेट चुनावको समयमा आएको हो तर चुनावमुखी होइन : अध्यक्ष नेपाल

सुर्खेत, १९ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट चुनावको समयमा आएको भएपनि चुनावमुखी नरहेको बताएका छन् । कार्यकर्ता तथा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि सुर्खेत आएका अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने बताएका छन् । उनले आगामी आर्थिक वर्षको बजेट चुनावमुखी नभएको पनि बताए…