Banner News

बजेट कार्यान्वयनमा शंका : मुद्रास्फीतिमा चर्को दवाब सिर्जना हुने



काठमाडौँ, २० जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको झण्डै १८ खर्ब बराबरको बजेट कार्यान्वयन हुन नसक्ने दावी अर्थविद्हरुले गरेका छन् ।

आईक्यानले बिहिबार आयोजना गरेको बजेट अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले बजेट कार्यान्वयन हुन नसक्ने बताएका हुन् । आईआईडीएसका कार्यकारी निर्देशक डा. विश्वास गौचनले कुनै पनि हालतमा यो आकारको बजेट कार्यान्वयन हुन् नसक्ने बताए । बजेट कार्यान्वयन भइहाले पनि मुद्रास्फीतिमा चर्को दवाब सिर्जना हुने उनको तर्क छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।