अर्थ

एमसीसी परियोजनालाई ९ अर्ब २७ करोड बजेट



काठमाडौं, १९ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा मिनिनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपाल मार्फत सवा ९ अर्ब रुपैयाँ खर्च गर्ने भएको छ ।

अमेरिकी सहयोगको एमसीसी परियोजनालाई चालु आव २०७८/७९ को तुलनामा दोब्बरले बजेट बढाएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका अनुसार आगामी आवमा सरकारले एमसीसी परियोजनालाई ९ अर्ब २७ करोड ९७ लाख रुपैयाँ विनियोजन गरेको हो । चालु आवमा यस आयोजनाले ४ अर्ब २९ करोड ६९ लाख रुपैयाँ बजेट पाएको थियो । एमसीसी यस वर्ष मात्रै संसदबाट पास भएको हो ।