उपनिर्वाचनका उमेदवारको सूची पठाउन जिल्ला समितिलाई राप्रपाको निर्देशन

काठमाडौँ, १९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही क्षेत्र नम्बर–३ मा हुने उपनिर्वाचनका निम्ति उमेदवारको सूची पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ । आज पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उपनिर्वाचनका निम्ति यही असार मसान्तभित्र उमेदवारको सूची पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । जिल्ला कार्यसमितिले…