निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई सोध्यो स्पष्टीकरण

काठमाडौँ, २५ बैशाख । निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसित स्पष्टीकरण मागेको छ । निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको हो । आयोगको स्पष्टीकरणपत्रमा भनिएको छ, “तपाईंले प्रदेश सरकारको मुख्यमन्त्रीले सरकारी स्रोतको प्रयोग गरी गठबन्धनको चुनावी सभामा सहभागी हुनु निर्वाचन आचारसंहिताविपरीत हो/होइन ?,” “यदि, तपाईं गठबन्धनको चुनावी सभामा सहभागी…