कुरा मिलेन भने गठबन्धन चल्दैन: महामन्त्री थापा

काठमाडौँ, ६ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकी सहयोग परियोजना एमसीसीमा सहमति नभए गठबन्धन टुट्ने बताउनुभएको छ । शुक्रबार संसद बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री तथा प्रतिनिधिसभाका सांसद थापाले संकल्प प्रस्ताव पास गर्ने, आफ्नो रोजाइमा मत दिनेलगायतका विकल्पमा छलफल भइरहेको बताउनुभयो । तर यो विषयमा अब टुंगो गर्नुपर्ने भन्दै उहाँले एमसीसीलाई चुनावपछि धकेल्ने…