काठमाडौँ, १३ फागुन । प्रतिनिधि सभा बैठक १५ गतेसम्मका लागि स्थगित भएको छ । संसद सचिवालयले सूचना टाँसेर संसद बैठक स्थगित भएको जानकारी दिएको हो । आज एक बजेका लागि बोलाइएको बैठक आइतबार एक बजेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।