राष्ट्रिय एकता र अखण्डताका लागि हामीबीच सहकार्य हुन आवश्यक : प्रधानमन्त्री देउवा

काठमाडौँ, १० मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेसँग वैचारिक दृष्टिकोणमा मतभिन्नता भए पनि लोकतन्त्रको संघर्षमा सँगसँगै रहेको बताएका छन् । उनले नेपालको लोकतान्त्रिक आन्दोलन विभिन्न उतारचढाव पार गर्दै लोकतान्त्रिक गणतन्त्र ल्याएकाे भन्दै त्यसको रक्षाका लागि दलहरुबीचको सहकार्य आवश्यक भएको बताए । “नयाँ संविधानमार्फत लोकतान्त्रिक मूल्य मान्यतालाई रक्षा गर्न जिम्मेवार दलको भूमिका खेल्न एमालेलाई म आग्रह…