काठमाडौँ, ५ मंसिर । एमाले नेता भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । (आज एमाले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गर्न आयोजित कार्यक्रममा उपाध्यक्ष भीम रावलले राखेको लिखित धारणा) पहिलो समाजवादी क्रान्तिबाट स्थापित सोभियत संघ ढल्दै गरेको बेला काठमाण्डौमा नेकपा (एमाले) को पाँचौं राष्ट्रिय महाधिवेशन हुँदै थियो । राष्ट्रिय महाधिवेशनमा जननेता मदन भण्डारीको अगुवाईमा…