काठमाडौँ, २३ जेठ । कर्मचारीले अनिवार्य अवकाशमा जानुअगावै राजीनामा दिए पनि तत्कालै अर्को सार्वजनिक पदमा नियुक्ति लिन नपाउने भएका छन् । संघीय निजामती सेवासम्बन्धी विधेयकमा प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले राजीनामा दिने कर्मचारीका हकमा समेत संवैधानिक, राजनीतिक र कूटनीतिक पदमा नियुक्ति नपाउने गरी दुईवर्षे ‘कुलिङ–अफ पिरियड’ को प्रावधान राखेको छ । संसदीय समिति संसद्मा बुझाएको विधेयकको…