काठमाडौँ, १६ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको सम्मान नै आत्मनिर्भरताको आधार रहेको बताउनुभएको छ । सातौँ राष्ट्रिय महिला अधिकार दिवस, २०८२ को अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले महिलाको हक अधिकार सुनिश्चित गर्न भएका प्रयासको स्मरण गर्नुभयो । उहाँले महिलाको अधिकारलाई सुनिश्चितता प्रदान गरी लैङ्गिक समानता कायम गर्न विगतमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासलाई यस…