ललितानिवास प्रकरण : अझै अदालतमा उपस्थित भएनन् गच्छदार

काठमाडौँ, १० चैत । ललितानिवास मुद्दाका आरोपित तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदार अहिलेसम्म विशेष अदालतमा उपस्थित भएका छैनन् । विशेष अदालतले पटकपटक म्याद​ तामेलीका लागि पठाउँदा पनि उनीलगायत ४६ जना अदालतमा उपस्थित भएका छैनन् । विशेष अदालतले सुनसरी जिल्ला अदालतलाई गच्छदारको घरमा म्याद तामेलीका लागि पठाएको थियाे । अदालतले उपस्थितिका लागि उनको घरमा म्याद तामेली टाँसे…