लामो रस्साकस्सीपछि कांग्रेसद्वारा चारै महानगरपालिकामा उम्मेदवार चयन

काठमाडौं, १९ वैशाख । लामो रस्साकस्सीपछि नेपाली काँग्रेसले स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि मुलुकका चारवटै महानगरपालिकामा पार्टीका आधिकारिक उम्मेदवार चयन गरेको छ । दुई दिनदेखि जारी काँग्रेस पदाधिकारी, पूर्व पदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यसहितको बैठकले आज सबै महानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा उम्मेदवार चयन गरेको पार्टी कार्यालयका सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए ।…