काठमाडौँ, १४ फागुन । आज मन्त्रिपरिषद बैठक बस्दैछ । आज साँझ ५ बजे बस्ने मन्त्रिपरिषद बैठकले संसद बैठक आव्हान गर्न राष्ट्रपति समक्ष सिफारिश गर्न सक्ने बुझिएको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गरेर १३ दिनभित्र बैठक डाक्न समेत भनेको छ ।