शिक्षा मन्त्रालयद्वारा हिउँदे वा वर्षे बिदामा पनि पढाउन अनुरोध

काठमाडौँ, ३१ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक आन्दोलनका कारण पठनपाठन प्रभावित भएकाले हिउँदे वा वर्षे बिदामा पनि पढाउन सरोकारवाला निकायहरूलाई अनुरोध गरेको छ । नेपाल शिक्षक महासंघले पनि बिदामा पढाउन शिक्षकहरूलाई निर्देशन दिएपछि मन्त्रालयले पठनपाठनको व्यवस्था मिलाउन सबै निकायलाई भनेको हो । मन्त्रालयद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीको सिकाइ उपलब्धिमा विशेष सुधार…