काठमाडौँ, ४ फागुन । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबारमा वसन्त श्रवण गरेकी छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार बिहान १०ः१७ बजे हनुमानढोकाको नासलचोकमा राष्ट्रपति भण्डारीले वसन्त श्रवण गरेकी हुन् । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ का उपलक्ष्यमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना…